फिल्म निर्देशक सुमित्रा भावको निधन
मुम्बई । मराठी फिल्मकी चर्चित निर्देशक सुमित्रा भावको निधन भएको छ । ७८ वर्षकी सुमित्राको पुर्णेमा निधन भएको हो । लामो समयदेखि बिरामी भावको पुर्णेको एक प्राइभेट अस्पतालमा उपचार भैरहेको थियो । मराठी अभिनेता मोहन अगाशेले सुमित्राको निधनको समाचार बाहिर ल्याएका हुन् ।
अगाशेका अनुसार सुमित्राको निधन सोमबार बिहान ६ : ४५ मा पुणेको एक अस्पतालमा भएको हो । सुमित्रालाई इन्फेक्सनलगायत थुप्रै समस्या रहेको थियो । जसका कारण उनी दुई साता अगाडिदेखि अस्पतालमा भर्ना गरिएको थियो ।
सुमित्रा एक राम्रो निर्देशकको अलवा लेखक र गीतकार पनि थिइन् । उनले करिव ५० शर्ट फिल्म तथा केही मराठी सिरियल्स निर्देशन गरेकी छन् । उनले ‘कासव’, ‘अस्तु’, ‘वेलकम होम’, ‘वास्तुपुरुष’। ‘दहाबी’ जस्ता कयौ फिल्म समेत बनाएकी छन् । फिल्म ‘कासव’ बाट नेशनल अवार्ड समेत हात पारेकी थिइन् । १९८० को दशकका फिल्म निर्देशक सुनील सुकथनकरसँग मिलेर उनले १७ फिल्म निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण