त्रिभुवन विमानस्थलबाट २४ लाख नगदसहित १ जना पक्राउ
सोमबार, ०६ वैशाख २०७८, १४ : ५७
काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले २४ लाख ५० हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–७ घर भएका ३३ वर्षीय चूडामणि बस्नेत छन् । आइतबार साँझ यति एयरलाइन्सको उडानबाट विराटनगर जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।
सो रकमको स्रोत खुलाउन नसकेपछि बस्नेलाई प्रहरीले आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियाबाट नियन्त्रणमा लिएको हो । थप अनुसन्धान र कारवाहीका लागी उनलाई सम्पति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको एसएसपी बास्तोलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण