प्रहरी महानिरीक्षकले गरे मौलो पूजा
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चैते दशैँका दिन गरिँदै आएको परम्परागत मौलो पूजा गरेका छन् । मंगलबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा उनले बली पूजा र निशानामा पञ्जा छाप लगाए । प्रधान कार्यालयभित्रको सशस्त्र प्रहरी गण नम्बर–१ मा थापाले पूजा गरेका हुन् । मौलो पूजाको अवसरमा विशेष काम गरेको भन्दै प्रहरी नायव निरीक्षक भवानी चन्द र हवल्दार जितेन्द्र खाँलाई थापाले नगद पुरस्कार दिएका छन् । मौलो पूजामा एआइजी, डिआईजी र एसएसपी सहितका बरिष्ठ प्रहरी अधिकृतहरुको सहभागीता थियो ।
पूजा विसर्जनपछि मुलकोत हनुमानढोकामा पठाइएको छ । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान हुन्छन् । मुख्य निशानमा सुर्य र चन्द्रको बिचमा राम धनुष अंकित हुन्छ । सहायक निशानमा सूर्य र चन्द्रमा चिन्ह अंकित हुन्छ ।
निशान झण्डालाई शक्तिपीठ र ईष्ट देवताको प्रतीकका रुपमा लिइन्छ । ०११ देखी प्रहरीले निरन्तर दशैं र चैते दशैंमा मौलो पूजा गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण