पर्यटनमा परेको प्रभाव न्यूनीकरणका लागि काम गर्छौँ : मन्त्री ढकाल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनीकरणका लागि सरकारले प्रक्रिया शुरु गरेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कोरोना कहरका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताए ।
कोरोनाका कारण अघिल्लो वर्षसमेत सो क्षेत्र प्रभावित बनेको बताउँदै उनले भने, ‘पर्यटन क्षेत्रलाई अघिल्लो वर्षको अनुभवका आधारमा कम असर हुने गरी काम गर्नुपर्छ ।’ पर्यटन क्षेत्रका लागि सरकारले प्याकेज ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने ढकालको भनाइ थियो । जनताले जिम्मेवारी पूर्ण ढङ्गले साथ दिएमा सरकारले लकडाउन नगरिकन कोरोना नियन्त्रणमा लिनसक्ने उनले बताए ।
गत बुधबार माडीमा रामधाममा मूर्ति स्थापनाका लागि चितवन आएका मन्त्री ढकालले राज्यले सो क्षेत्रको विकासका लागि योजनाबद्ध तवरले काम अघि बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’