बढ्दैछ कोरोना, चल्दैछ जात्रा ! (तस्बिरमा हेर्नुहोस्)
नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सोमबार निर्णय गर्यो – मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने ।
तर, सरकारको उक्त निर्णयको उल्लंघन दोस्रो दिनबाटै सुरु भएको छ । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट सरकारी नियमको उल्लंघनको शुरुवात गरेकोमा साँझ उक्त नियमलाई सेतो मच्छिन्द्रनाथ जात्राको क्रममा पनि बेवास्ता गरिएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा पछिल्लो समय कै सर्वाधिक १७ सय ३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये, कोरोनाभाइरस संक्रमणको हब बनेको काठमाडौँमा मात्र एकै दिन ५ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमणको उच्च जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारबाट सुरु भएको छ । रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्गस्थित तीनधारा पाठशाला अघि लगिएको थियो । रथयात्रा भने आज बेलुकी ६ बजेबाट शुरु भएको थियाे । रथयात्राको पहिलो दिन सेतो मच्छिन्द्रनाथको रथलाई भोटाहिटी हुँदै असनमा लगि राखिनेछ ।
असनमा पुर्याइएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ । मच्छिन्द्रनाथको रथलाई दरबारमार्गबाट असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहालमा पुर्याएपछि अन्त्य गरिन्छ ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


