मकवानपुरको मनहरीमा सवारी दुर्घटना, एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी खरङ्गामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको मनहरी गाउँपालिका–९ खरङ्गामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बा २ ख ९०२९ नम्वरको ट्रकले सोही दिशाबाट गइरहेको ना १ प ८४२६ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार हेटौंडा उपमहानगरपालिका–१९ गुम्बाडाँडा बस्ने वर्ष ३० का गुणसिह वाइवा रहेका छन् ।
त्यस्तै दुर्घटनामा मोटरसाइकलमा नै सवार उदयपुर घर भएका वर्ष २७ का मुकेश परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइते पुरुषको हेटौँडा ११ स्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ भने मृतकको शव हेटौँडा अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण