बलिउड कलाकार किशोर नान्दलस्करको कोरोना संक्रमणबाट मृत्यु
बुधबार, ०८ वैशाख २०७८, १३ : ४५
मुम्बई । बलिउड कलाकार किशोर नान्दलस्करको निधन भएको छ । कोरोनाको संक्रमणबाट उनको मंगलबार निधन भएको हो । किशोरका नाति अनिषले उनको मृत्युको खबर बाहिर ल्याएका हुन् । अनिषले किशोरलाई गत बुधबार कोरोना कारण ठानेको कोभिड सेन्टरमा भर्ना गरिएको र उनको त्यही निधन भएको बताएका छन् ।
अनिषका अनुसार कोभिड सेन्टरमा भर्ना गर्नु अगाडि उनलाई सास फेर्न र कुरा गर्न समेत गाह्रो थियो । उनको अक्सिजन लेभल पनि तल झरेको थियो । किशोरले अभिनय करियरमा कयौं सुपरहिट फिल्ममा काम गरेका छन् । जसमा ‘बास्तव’, ‘सिम्बा’, ‘मिस देश मे गंगा रहता है’, ‘खाकी’, ‘सिंघम’ समेत पर्दछन् । हिन्दी फिल्मको अलवा किशोरले मराठी फिल्म र सिरियलमा पनि काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण