अफगानिस्तानमा सैनिक कारबाही, १५ तालिबान लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको दक्षिणी कन्दाहार प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरु भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ । कारबाहीमा अरु पाँच जना तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाई छ ।
मन्त्रालयले विद्रोही तालिवानका एउटा कारबम, तीनवटा मोटरसाइकल सहित ठूलो संख्यामा हातहतियार बरामद भएको जनाएको छ । सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेखाले युट्युबमा सुरु गरिन् कार्यक्रम ‘दोस्रो अध्याय’
-
जसपा सङ्घीय परिषद्को बैठक सुरु
-
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा अनलाइनमार्फत दिने
-
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ
-
संसद्मा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रतिप्रश्न– मज्जा लाग्यो ?
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)