आइएमई पेको अफरः नयाँ एप प्रयोगकर्तालाई १ सयमा १ सय नै बोनस
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई पे’ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृह प्रवेश अफर अन्तर्गत १ सयमा १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
यो स्किममा सहभागी बन्नका लागि आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवाईसी) फारम भरी कुनै न कुनै माध्यमबाट आइएमई पे वालेटमा १ सय जम्मा गर्नु पर्नेछ । जसमा १ सय नै बोनस रकम तत्काल प्राप्त गर्न सकिने आइएमईले जनाएको छ । यसका लागि केवाईसी फारम भेरिफाइड हुनुपर्नेछ ।
यसरी ‘आइएमई पे’ मा मौज्दात हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरायसी प्रयोगमा आउने सेवाहरू जस्तैः पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसिबसी आफ्नै मोबाइलबाट गर्नु सकिनेछ ।
यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यान मार्फत भुक्तान गर्न सकिन्छ । यो योजना अप्रिल २१ देखि मे २१ सम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण