लैनचौरमा खेल मैदान बनाउँदै एनसेल, हरित उद्यान पनि निर्माण गर्ने
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ । यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदान सहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।
यो हरित उद्यान काठमाडौं महानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ । उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थानलगायतका विषेशता रहने एनसेलले जनाएको छ । यो उद्यान ५४,९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्ने छ ।
एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । समझदारी अनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरहेकोे छ ।
ग्राउन्ड क्लेरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ । परम्परागत ढुङ्गेधारा, उद्यानमा आउने मानिसहरूका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्था गरिने एनसेलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट पारित गर्न मधेसमा मन्त्रिपरिषद् बैठक
-
आयोगले भन्यो - ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने कार्यलाई प्रश्रय नदेऊ’
-
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ कराेडको बजेट, पूर्वाधारमा १० अर्ब
-
उच्च अदालत पाटनले माग्यो युनुश अन्सारीलाई थुनामा राख्नुको कारण
-
सर्वाधिक नगद पुरस्कार राशिको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि हुने
-
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित