कोरोना संक्रमित तीन भारतीय नागरिक एम्बुलेन्सबाटै हामफालेर फरार
भारतमा कोरोना संक्रमण बढ्दै गएपछि काम गर्ने बहानामा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ । सीमा नाकामा कडाइ नहुँदा भारतीयहरु धमाधम नेपाल प्रवेश गरिरहेका हुन् ।
सोही क्रममा कैलालीको त्रिनगर भन्सार नाकाबाट नेपाल प्रवेश गरेका ९ जना भारतीय नागरिकमाथि शंका लागि एन्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पाइएको छ । हेल्थ डेस्कका ईन्चार्ज दिनेश ठकुल्लाका अनुसार उनीहरु कैलालीको गोदावरी नगरपालिकामा काम गर्न भन्दै त्रिनगर भन्सार नाकाबाट प्रवेश गरेका थिए ।
पोजेटिभ रिपोर्ट देखिएका ३ जना भारतको पलिया र लख्खीमपुरबाट आएका हुन् । उनीहरुलाई धनगढी उपमहानगरपालिका–१५ मा रहेको आईसोलेसनमा लैजान खोज्दा एम्बुलेन्सबाटै हामफालेर कनरी जंगल हुँदै भागेको ठकुल्लाले बताए ।
उनका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिन पुलको वारीतर्फ नै एम्बुलेन्स रोकेको समयमा ती संक्रमित भागेका हुन् ।
त्रिनगर भन्सार नाकाबाट बुधबार र बिहीबार मात्र एक हजार ४६५ जना नेपाल प्रवेश गरेका छन् । तीमध्ये ७८५ जनाको एन्टीजेन परीक्षण गर्दा ११९ जनामा कोरोना पोजेटिभ देखिएको ठकुल्लाले बताए ।
उनका अनुसार संक्रमित हुनेमा १० जना महिला र १०९ जना पुरुष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण