संविधानको पुनरावलोकन जरुरी छ : मन्त्री साह
सहरी विकास मन्त्री प्रभु साहले वर्तमान संविधान अपुरो रहेकाले नै देश अहिले बिभिन्न संकटमा परिरहेको बताएका छन् । गृहजिल्ला रौतहटको गरुडा नगरपालिका अन्तरगत शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले त्रुटिपूर्ण संविधान रहेकै कारण अहिले जनताबाट हारिसकेका बहिष्कृत भएका नेता भनाउँदाले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिलाई स्पष्टीकरण सोध्ने र कारवाहीको नाममा गलत कृयाकलाप गरिरहेको बताएका हुन् । वर्तमान संविधानको पुनरावलोकन जरुरी रहेकाले सबै नेपाली एकपटक अग्रसरता देखाउनु पर्ने साहले अनुरोध गरे ।
मन्त्री साहले गरुडा नगरपालिका अन्तरगत बिभिन्न स्थानमा सडक लगायत पूर्वाधारको शिलान्यास गरेका छन् । सघन सहरी तथा भवन डिभिजन वीरगंजका प्रमुख दिलिप कुमार सिंहले गरुडा नगरपालिका अन्तरगत कालोपत्रे,ढलान,लगायत २० करोड लागतको झण्डै एक दर्जन आयोजनाको शिलान्यास भएको बताए ।
मन्त्री साहले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नारा सुखी नेपाली समृद्ध नेपाल साकार पार्न रौतहटमा मात्र नभइ समग्र प्रदेश र देशमै विकासले गति लिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण