अमेरिकामा जोन्सन एण्ड जोन्सनमाथि लगाइएको प्रतिबन्ध हट्यो
एजेन्सी । रगत जम्ने खतरा देखिएको विवरणहरू पछि अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध शनिबारदेखि हटाइएको छ । अमेरिकामा कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपबारे आएका नकारात्मक समाचारपछि उक्त खोप प्रयोगमा रोक लगाइएको थियो । अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले उक्त खोपमाथिको ११ दिन देखिको प्रतिबन्ध हटाएको हो ।
जोन्सन एण्ड जोन्सनको खोप लगाएका करिब ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएपछि गत अप्रिल १४ देखि खोप प्रयोगलाई स्थगित गरिएको थियो । समस्या देखिएका सबै ५० वर्ष मुनिका महिला रहेका र उनीहरुमध्ये तीनजनाको मृत्यु भएको थियो ।
युरोपियन औषधि नियामक निकायले पनि यही हप्ता जोन्सन एण्ड जोन्सनको खोपमाथिको प्रतिबन्ध हटाएको थियो । अमेरिकामा प्रतिबन्ध फुकुवासँगै नेदरल्याण्ड्समा रहेको कम्पनीको फ्याक्ट्रीबाट कम्तिमा एक करोड खोपको मात्रा तत्कालै अमेरिका पठाइने पनि जोन्सन एण्ड जोन्सन कम्पनीले जनाएको छ ।
अमेरिकामा जोन्सनको खोपको प्रयोगबाट हुने हानी अत्यधिक कम भएको र यसबाट लाभ लिनेको सङ्ख्या धेरै भएकोले खोप रोक्न नहुने निश्कर्ष निकालिएको अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
-
गण्डकीमा चरम निराशा : ७५ प्रतिशत जनतालाई अहिलेको गठबन्धनप्रति भरोसा छैन
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना