देशभरका विद्यालय बन्दको निर्णय, वैकल्पिक माध्यमबाट मात्रै पढाइने
आइतबार, १२ वैशाख २०७८, २२ : ३३
काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएको कारण देखाउँदै देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । तर विद्यालय बन्द भएपनि भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राखिने सीसीएमसीका सचिवालय संयोजक तथा सचिव डा खगराज बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि वैशाख ६ मा मन्त्रिपरिषद्ले देशका प्रमुख सहरका विद्यालय बन्द गर्दै भर्चुअल माध्यमबाट पठनपाठनको निर्णय गरेको थियो । अहिले आएर सीसीएमसी बैठकले नयाँ निर्णय गर्दै देशभरकै विद्यालयमा भौतिकरुपमा पठनपाठन हुन नसक्ने निष्कर्ष निकाल्दै बन्दको निर्णय गरेको हो । सीसीएमसीले पूर्वनिर्धारित सबै परीक्षा पनि स्थगन गरेको छ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने
-
आईपीएल क्रिकेट : को हुन् हैदराबादको हौसला बढाउने यी सुन्दरी ?
-
‘सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको अडान’
-
यस्तो छ ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’
-
प्रतिनिधिसभा बैठक आज नबस्ने, सूचना टाँस गरी स्थगित
-
तस्बिरमा हेर्नुहोस् ‘सवारी कथाहरू’