देशभरका विद्यालय बन्दको निर्णय, वैकल्पिक माध्यमबाट मात्रै पढाइने
आइतबार, १२ वैशाख २०७८, २२ : ३३
काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएको कारण देखाउँदै देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । तर विद्यालय बन्द भएपनि भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राखिने सीसीएमसीका सचिवालय संयोजक तथा सचिव डा खगराज बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि वैशाख ६ मा मन्त्रिपरिषद्ले देशका प्रमुख सहरका विद्यालय बन्द गर्दै भर्चुअल माध्यमबाट पठनपाठनको निर्णय गरेको थियो । अहिले आएर सीसीएमसी बैठकले नयाँ निर्णय गर्दै देशभरकै विद्यालयमा भौतिकरुपमा पठनपाठन हुन नसक्ने निष्कर्ष निकाल्दै बन्दको निर्णय गरेको हो । सीसीएमसीले पूर्वनिर्धारित सबै परीक्षा पनि स्थगन गरेको छ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

