गण्डकीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
पोखरा । कोरोना भाइरसको संक्रमणबाट पोखरामा ३ सहित गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका पोखरामा ३ र स्याङजामा १ जनाको मृत्यु भएको हो । पोखरामा र पाल्पाका अस्पतालमा उपचाररत गण्डकी प्रदेशका कास्की, म्याग्दी र स्याङजाका ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
निर्देशक डा.शर्माकाअनुसार मृत्यु हुनेमा पोखरा २५ का ९१ वर्षीय वृद्ध रहेका छन् । उनको आज विहान उपचारका क्रममा पोखराको मेडिप्लस अस्पतालमा मृत्यु भएको हो । उनलाई वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पोखरा महानगरपालिका १ की ५५ बर्षीय महिलाको उपचारका क्रममा मेडिप्लस अस्पतालमा नै ज्यान गएको हो । उनलाई वैशाख ११ गतेमात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यता म्याग्दी जिल्लाका ७८ वर्षीय संक्रमित पुरुषले समेत पोखरामा उपचारका क्रममानै मृत्यु भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ का ७८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा बिहान मृत्यु भएको हो । उनलाई वैशाख १२ गतेमात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जा वालिङका १ जना पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । वालिङ नगरपालिका १२ का ५८ वर्षीय संक्रमित पुरुषको आज लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई वैशाख ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण