नेपाल एयरलाइन्सको टिकटको भुक्तानी अब क्यूआर स्क्यानबाटै गर्न सकिने
काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यान प्रणाली आजदेखि प्रारम्भ भएको छ ।
निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा सो कार्यको शुरुवात गरे ।
निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले बदलिँदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने बताए । उनले नेपालको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालीमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसबाट दुर्गम र गाऊँगाँऊबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने कुरा बताए ।
सोही अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागिता सहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गरे । अधिकारीले निगमसँग पुन सहकार्य गर्ने अवसर पाएकोलाई बैंकले उपलब्धिको रुपमा लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण