शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना महामारीको भयावह स्थिति दर्साउने केही तस्बिर

मङ्गलबार, १४ वैशाख २०७८, ०९ : ५२
मङ्गलबार, १४ वैशाख २०७८

भारतमा कोरोना संक्रमणको मामिलामा पछिल्ला केही दिनमा अभूतपूर्व तीब्रता आएको छ ।

भारतभरी अस्पताल अक्सिजन र बेडको कमीका कारण बिरामीलाई फिर्ता पठाइरहेका छन् ।

अक्सिजनको सुविधा भएको एम्बुलेन्स सर्भिस प्रदान गराउन समस्या आउन थाल्यो ।

र यदि कुनै परिवारले बिरामीका लागि अस्पतालमा बेड पाइहाले पनि उनलाई अस्पतालसम्म लैजान चुनौती छ ।

दिल्लीमा स्थिति नाजुक मोडमा आएको छ जहाँ अस्पतालमा अक्सिजनको कमीका कारण मानिसहरुको ज्यान जान थालेको छ ।

स्वास्थ्यकर्मी निकै दबाबको स्थितिमा काम गरिरहेका छन् ।

यस्तै स्थिति समसान घाट र शवदाह गृहको पनि छ ।

भारतका घाटबाट जुन तस्बिर सार्वजनिक भइरहेका छन्, त्यो साँच्चै नै हृदयविदारक छ ।

शोकाकुल परिवारले आफ्नो प्रियजनको अन्त्येष्टिका लागि घण्टौं प्रतीक्षा गर्नुपरिरहेको छ ।

घाटमा स्थानको कमी भएको छ ।

कोरोना संक्रमणका कारण मृतकको संख्याको विषयमा जुन दाबी गरिएको छ, भिन्न भिन्न शहरमा पत्रकारले ती आँकडाको वास्तविकतामाथि प्रश्न उठाएका छन् ।

कतिले त सरकारले दिएको आँकडाभन्दा १० गुणा बढी मानिसको मृत्यु भएको दाबी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप