कोरोना महामारीको भयावह स्थिति दर्साउने केही तस्बिर
भारतमा कोरोना संक्रमणको मामिलामा पछिल्ला केही दिनमा अभूतपूर्व तीब्रता आएको छ ।
भारतभरी अस्पताल अक्सिजन र बेडको कमीका कारण बिरामीलाई फिर्ता पठाइरहेका छन् ।
अक्सिजनको सुविधा भएको एम्बुलेन्स सर्भिस प्रदान गराउन समस्या आउन थाल्यो ।
र यदि कुनै परिवारले बिरामीका लागि अस्पतालमा बेड पाइहाले पनि उनलाई अस्पतालसम्म लैजान चुनौती छ ।
दिल्लीमा स्थिति नाजुक मोडमा आएको छ जहाँ अस्पतालमा अक्सिजनको कमीका कारण मानिसहरुको ज्यान जान थालेको छ ।
स्वास्थ्यकर्मी निकै दबाबको स्थितिमा काम गरिरहेका छन् ।
यस्तै स्थिति समसान घाट र शवदाह गृहको पनि छ ।
भारतका घाटबाट जुन तस्बिर सार्वजनिक भइरहेका छन्, त्यो साँच्चै नै हृदयविदारक छ ।
शोकाकुल परिवारले आफ्नो प्रियजनको अन्त्येष्टिका लागि घण्टौं प्रतीक्षा गर्नुपरिरहेको छ ।
घाटमा स्थानको कमी भएको छ ।
कोरोना संक्रमणका कारण मृतकको संख्याको विषयमा जुन दाबी गरिएको छ, भिन्न भिन्न शहरमा पत्रकारले ती आँकडाको वास्तविकतामाथि प्रश्न उठाएका छन् ।
कतिले त सरकारले दिएको आँकडाभन्दा १० गुणा बढी मानिसको मृत्यु भएको दाबी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण