आईपईएल : रोमाञ्चक म्याचमा दिल्लीलाई एक रनले पराजित गर्दै बेङ्लाेर शीर्ष स्थानमा
अहमदावाद । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गर्दै रोयल च्यालेन्जर बेङ्लोर अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । दिल्ली क्यापिटल्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बेङ्लोरले एबी डेभिलियर्सको अर्धशतकीय पारीको मद्दतमा १७१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७० रन मात्र बनाउन सक्यो । आइपिएलमा बेङ्लोरविरुद्ध पछिल्लो पाँच म्याचमा दिल्ली पहिलो पटक पराजित भएको हो ।
दिल्लीका लागि कप्तान ऋषभ पन्तले अविजित ५८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । दिल्लीका मध्यक्रमका ब्याट्सम्यान शिमरन हेटमायरले पनि विस्फोटक ब्याटिङ गर्दै २५ बलमै ५३ रन बनाएका थिए । यस्तै, मार्कोस स्टोइनिसले २२ र पृथ्वी शाले २१ रन बनाए ।
बेङ्लोरका लागि हर्षल पटेलले २, केल जेमिसन र मोहम्मद सिराजले एक÷एक विकेट लिए । उता, बेङ्लोरका लागि डेभिलियर्सले ४२ बलमा ७५ रन बनाए । उनले तीन चौका र पाँच छक्का प्रहार गरे ।
यस्तै, रजत पाटीदारले ३१, ग्लेन म्याक्सवेलले २५, देवदत्त पाडिक्कलले १७ र विराट कोहलीले १२ रन बनाए । दिल्लीका लागि अक्षर पटेल, अमित मिश्रा, अवेश खान, कसिगो रबाडा र इशान्त शर्माले एक/एक विकेट लिए ।
६ वटा खेल समाप्त हुँदा बेङ्लोरले पाँच जित र एक पराजयका साथ १० अङ्क बटुलेर अङ्क तालिकाको शीर्ष स्थान कब्जा गरेको छ भने समान खेलमा चार जित र दुई पराजयका साथ दिल्ली तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको चेन्नईले पाँच खेलमा चार जित र एक पराजयका साथ ८ अङ्क बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण