बेलायतमा कोरोना संक्रमणमा कमी, तेस्रो लहरको त्रास
लन्डन । बेलायतमा पछिल्लो समय कोरोना संक्रमण दर निरन्तर ओरालो लाग्दै गएको छ । संक्रमण दर र मृत्यु दर दुवैमा कमी आएको तथ्यांकले देखाएको छ । विगत केहि दिनयता बेलायतमा कोरोना संक्रमणको प्रभाव यो वर्षकै कम देखिएको छ ।
यद्यपि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । पछिल्लो समयमा संक्रमण दर निकै कम हुँदै गएको छ, यसको मतलव कोरोनाबाट पूर्ण रुपमा मुक्त भएको बुझ्न नहुने उनले बताएका छन् । खोप वितरणमा दिएको तीव्रताले निकै सफलता मिलेको पनि उनले बताए ।
बुधबार सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २७ हजार ४८० पुगेको ‘डिपार्टमेन्ट अह हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।
यसैगरी २४ घन्टामा थप दुई हजार १६६ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४४ लाख एघार हजार ७९७ पुगेको छ । कोरोना संक्रमणका कारण १२४ जना अस्पताल भर्ना भएका छन् भने एक हजार ६३४ जनाको अस्पतालमा उपचार भैरहेको छ । हाल २२७ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ । अस्पतालमा कोरोनाका बिरामीको संख्या पनि निरन्तर घट्दै गएको छ ।
४ करोड ७५ लाख भन्दा बढी खोप वितरण
बेलायतमा हालसम्म ४ करोड ७५ लाख भन्दा बढी खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो तथा दोस्रो गरि ४० हजार ९८४ डोज खोप वितरण गरिसकिएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ । जसमध्ये ३ करोड ३९ लाख ५९ हजार ९०८ जनाले पहिलो डोज र एक करोड ३५ लाख ८१ हजार ७६ जनाले दोस्रो डोज लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण