नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क
विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ । कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नोबेल अस्पतालबीच बिहीबार सम्झौता भएको हो ।
सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनी र नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचारमा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने छ ।
स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएकाले अब जुनसुकै कोरोना संक्रमित नेपालीले नोबेलमा निःशुल्क उपचार पाउने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए । ‘कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएको छ,’ डा.शर्माले भने, ‘अब जुनसुकै नेपाली नागरिक कोरोना संक्रमित भएर आएमा नोबेलमा निःशुल्क उपचार पाउँनेछन् ।’
निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल हो नोबेल । निजी क्षेत्रको ठूलो र स्तरीय अस्पतालमा कोरोनाको उपचार निःशुल्क हुने भएपछि अब पूर्वी नेपालका कोरोना संक्रमितको उपचारमा थप सहजता मिल्ने भएको छ । नोबेलले कोरोना संक्रमितको उपचारका लागि १ सय बेडको कोभिड वार्ड र ३९ बेडको कोभिड आइसियू छुट्याएको छ । आवश्यकता अनुसार वेड बढाइने नोबेल अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण