पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई खोप अभियान सुरू गर्ने
बिहीबार, १६ वैशाख २०७८, २२ : ४४
एजेन्सी । पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९ विरूद्धको खोप अभियान सुरू गर्ने बताएको छ । पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी) का अध्यक्ष असद उमरले बिहीबार उक्त जानकारी गराएका हुन् ।
खोप लगाउनका लागि भएको दर्ता गतिमा सन्तुष्टि व्यक्त गर्दै उमरले ट्विटरमा भनेका छन्, ‘बिहीबार लगातार दोस्रो दिनमा खोप लगाउने नागरिकको सहभागिता सन्तोषजनक छ । पाकिस्तानले दोस्रो दिनमा एक लाखभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ ।’
यसअघि मंगलबार, पाकिस्तानले ४०–४९ उमेर समूहका नागरिकको लागि कोभिड–१९ खोपका लागि नाम दर्ता गर्न सुरू गरेको थियो । पाकिस्तानले ५० वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकका लागि चीनले सहयोग उपलब्ध गराएका कोभिड–१९ खोप लगाउन अनुमति दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण