कोलकातामाथि दिल्लीको फराकिलो जित, जारी सिजनमा पृथ्वीले बनाए ‘फास्ट फिप्टी’
अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा कोलकाता नाइट राइडर्समाथि दिल्ली क्यापिटल्सले सात विकेटको जित हासिल गरेको छ । यो जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ भने कोलकाता पाँचौं नम्बरमा छ ।
अहमदावादमा भएको खेलमा दिल्लीका पृथ्वी शाले जारी सिजनमा ‘फास्ट फिप्टी’ को कीर्तिमान बनाए । उनले १८ बलमा अर्धशतक बनाउँदै जारी सिजनमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । यस्तै दिल्लीका अर्का ब्याट्सम्यान शिखर धवनले आइपिएलमा ५ हजार ५ सय रन पूरा गरेका छन् । उनी आइपिएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको दोस्रो नम्बरमा पुगेका हुन् ।
टस हारेर पहिला ब्याटिङ गर्दै कोलकाताले दिल्लीलाई १५५ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले तीन विकेटको क्षतिमा २१ बल बाँकी छँदै जित हासिल गरेको हो । पृथ्वी शाले ४१ बलमा ८२ रन बनाउँदा शिखर धवनले ४६ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण