जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको मतदानस्थल तोकियो
शुक्रबार, १७ वैशाख २०७८, २२ : ००
काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकेको हो ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त मतदानस्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र(ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ ।
त्यस्तै आजै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनमा १ सय पटकसम्म प्रेमीलाई फोन गर्ने किशोरी, ‘लभ ब्रेन’ नामक मानसिक समस्या पुष्टि
-
राष्ट्रपति पौडेल सर्वोच्च अदालतको चियापानमा सहभागी
-
बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने
-
भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन
-
ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’ प्रदान
-
महासंघका प्रतिनिधिले भेटे पर्यटन मन्त्री, बजेटमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड