लागु औषधसहित धरानबाट एकजना पक्राउ
शुक्रबार, १७ वैशाख २०७८, १९ : ३९
काठमाडौं । सुनसरीको धरानबाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–९ घर भएका ३५ वर्षीय अलि मुजुजा अहमद उर्फ मुन्ना खान छन् ।
इटहरीबाट धरान जाँदै गरेका मुन्ना प्रदेश–१–०२–०४५प ९८३ नम्बरको मोटरसाइकलमा सवार थिए ।
मुन्नाको साथबाट १५ बोतल ‘डायलक्स डिसी’ र ७ सय २० क्याप्सुल ‘स्पास्मो प्रोक्सिभोन प्लस’ फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीविरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐन–०३३ अनुसारको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण