महामारी बढेका १९ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं । कोरोना माहामारी बढेका १९ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णयका आधारमा संक्रामक रोग ऐन–२०२० को प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका हुन् ।
बाँकेमा वैशाख १३ बाट निषेधाज्ञा जारी गरिएको छ । सुर्खेतमा १४ गतेबाट अर्को आदेश नभएसम्मको लागि निषेधाज्ञा लागू भएको छ ।
वैशाख १६ बाट काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, पर्सा, कञ्चनपुर, चितवन र रुपन्देहीमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कास्कीमा १५ गतेबाट शुरु भएको निषेधाज्ञा जारी छ । शुक्रवारबाट दाङ र पाल्पामा जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।
झापा, सल्यान, रुकुम पश्चिम र डडेलधुराका प्रमुख जिल्ला अधिकारीले वैशाख १९ बाट लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेका छन् । वैशाख १७ मा रातको १२ बजेबाट लागू हुनेगरी सुनसरी जिल्लाभर निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । जाजरकोटमा १८ गतेबाट लागू हुनेगरी निषेधाज्ञा घोषणा भएको छ ।
बागलुङ, कालिकोट, दार्चुला र बर्दियामा स्थान तोकेर निषेधाज्ञा लागू गरिएको छ । वैशाख ७ बाट बागलुङको बागलुङ नगरपालिका वडा नम्बर १२, १३, र १४ स्थित साविक अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा घोषणा गरिएको छ ।
कालिकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेङगिलमा वैशाख १० बाट निषेधाज्ञा जारी छ । बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका विभिन्न ठाउँमा वैशाख १३ बाट निषेधाज्ञा जारी छ । बर्दियाको भुरीगाउँ, राजापुर र बढैयाताल गाउँपालिकामा पनि निषेधाज्ञा जारी छ । दार्चुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिकाको विभिन्न भागमा वैशाख १६ बाट निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता
-
भारत–पाकिस्तान तनावको प्रभावबारे छलफल गर्न सुरक्षा समिति बैठक
-
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने
-
मुस्ताङको स्याङमा उन्नत गाईपालन फस्टाउँदै
-
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ श्रावणदेखि, बुकिङ खुला
-
गोदावरीमा विज्ञान तथा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सुरु