महामारी बढेका १९ जिल्लामा निषेधाज्ञा जारी
काठमाडौं । कोरोना माहामारी बढेका १९ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णयका आधारमा संक्रामक रोग ऐन–२०२० को प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका हुन् ।
बाँकेमा वैशाख १३ बाट निषेधाज्ञा जारी गरिएको छ । सुर्खेतमा १४ गतेबाट अर्को आदेश नभएसम्मको लागि निषेधाज्ञा लागू भएको छ ।
वैशाख १६ बाट काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, पर्सा, कञ्चनपुर, चितवन र रुपन्देहीमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कास्कीमा १५ गतेबाट शुरु भएको निषेधाज्ञा जारी छ । शुक्रवारबाट दाङ र पाल्पामा जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।
झापा, सल्यान, रुकुम पश्चिम र डडेलधुराका प्रमुख जिल्ला अधिकारीले वैशाख १९ बाट लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेका छन् । वैशाख १७ मा रातको १२ बजेबाट लागू हुनेगरी सुनसरी जिल्लाभर निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । जाजरकोटमा १८ गतेबाट लागू हुनेगरी निषेधाज्ञा घोषणा भएको छ ।
बागलुङ, कालिकोट, दार्चुला र बर्दियामा स्थान तोकेर निषेधाज्ञा लागू गरिएको छ । वैशाख ७ बाट बागलुङको बागलुङ नगरपालिका वडा नम्बर १२, १३, र १४ स्थित साविक अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा घोषणा गरिएको छ ।
कालिकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेङगिलमा वैशाख १० बाट निषेधाज्ञा जारी छ । बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका विभिन्न ठाउँमा वैशाख १३ बाट निषेधाज्ञा जारी छ । बर्दियाको भुरीगाउँ, राजापुर र बढैयाताल गाउँपालिकामा पनि निषेधाज्ञा जारी छ । दार्चुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिकाको विभिन्न भागमा वैशाख १६ बाट निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण