कारमा मृत भेटिएका बालकको निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान
दाङको तुलसीपुरमा कारभित्र मृत भेटिएका ३ बालबालिकाको हत्या भएको नभइ निसासिएर कारभित्रै मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दाङ प्रहरी स्रोतका अनुसार शनिवार साँझ तुलसीपुरमा पार्किङ गरिराखेको कारभित्र भेटिएका ३ बालकको मृत्युको कारण हत्या नभइ सफोकेशन (निसासिएर) भएको जस्तो देखिएको छ ।
वैशाख १६ गतेदेखि हराइरहेका तुलसीपुर-६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करणको शव वैशाख १८ गते साँझ कारभित्र मृत अवस्थामा भेटिएका थिए । गत वर्षको माघ १ गतेदेखि पार्किङ गरिराखेको आरजे ०१ सिसि ०८८५ नम्बर भएको भारतीय नम्बर प्लेटको कारमा ३ जना बालकको शव भेटिएपछि भारतबाट उक्त कार ल्याउने यादब प्रसाद गैरे पदम बस्नेतलाई शनिवार साँझ नै पक्राउ गरिएको थियो ।
तर घटनाको प्रकृति हेर्दा बालकहरुको हत्या भएको नभइ निसासिएर मृत्यु भएको जस्तो देखिएको घटनामा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले रातोपाटीलाई जानकारी दिए । ती अनुसन्धान अधिकृतले भने, ‘ती बालकको परिवारका आर्थिक अवस्था पनि कमजोर छ । उनीहरुको कोहीसँग रिसिइबी पनि थिएन । उनीहरुलाई मार्नु पर्ने कारण पनि छैन । शरीरमा घाउचोट पनि केही देखिँदैन । त्यसकारण यसलाई हत्या हो भन्न सकिने अवस्था छैन ।’
घटनाको अनुसन्धानको क्रममा कारभित्र दिसा गरेको भेटिएको र बालकहरुको खल्तीमा तास पनि भेटिएको छ । त्यसैगरी कारको सिसा फोड्ने प्रयास गरेको पाइएको छ ।
कारका चालकको बयानमा केही दिनअघिसम्म पनि सिसा नफुटेको बयान दिएका छन् । पहिले थोरै चर्किएको भएपनि सिसा नफुटेको कार चालकले बयान दिएका छन् । घटनामा आफूहरुको कुनै संलग्नता नरहेको उनीहरुले बयान दिएको प्रहरीले जनाएको छ । यद्यपि उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार बालकहरु केही गरी कारभित्र छिरेर बसेको तर लक खोल्न नजानेर त्यहीँभित्र निसासिएर मृत्यु भएको हुनसक्ने देखिएको छ । उनीहरुले बाहिर निस्कनका लागि सिसा फोड्ने प्रयास पनि गरेको तर सिसा पूरै फोरेर बाहिर निस्कन नसकेको कारण निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण