साढे एक लाख रुसी स्पुतनिक भी खोप भारत आइपुग्यो
हैदराबाद । कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोनाभाइरस विरुद्धको खोप सहयोग गरेको छ । रुसले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको स्पुटनिक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई प्रदान गरेको हो ।
रुसले भारतलाई सहयोग स्वरुप पठाएको खोप शनिबार भारत आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् । रुसले अहिले प्रारम्भिक चरणको मात्रै पठाएको र अरु पनि पठाउने तयारी भइरहेको रुसी पक्षले बताएको भारतीय अधिकारीहरुको भनाई छ ।
खोपको अर्को मात्रा आगामी केही हप्तापछि आउने उनीहरुले बताएका छन् । रुसबाट पठाइएको खोप भारतको हैदराबादमा झारिएको हो । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुलाई स्पुटनिक भी खोप लगाउने अनुमति यसअघि नै सरकारी निकायले दिइसकेको छ ।
भारतमा योसँगै तीनवटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । अरु दुईओटा खोप कोभ्याक्स र कोभिसिल्ड यसअघिदेखि नै प्रयोग पनि हुँदै आएको थियो । भारतमा कोरोनाभाइरसको महामारी दिन प्रतिदिन बढेपछि भारतको आन्तरिक स्रोत साधनले मात्रै थेग्न नसक्ने अवस्था सृजना भएको छ ।
महामारीसँग जुध्नका लागि भारतलाई गाह्रो भएपछि अमेरिका, बेलायत, जापान, रुसलगायतका धेरै देशले भारतलाई विभिन्न प्रकारका सहयोगहरू प्रदान गरेका छन् । –पिटिआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना
-
सर्वोच्चको व्याख्या : ‘चिट्ठा पर्यो भनेर ठगी गर्नेलाई सङ्गठित अपराध हैन, ठगीमा सजाय हुन्छ’
-
कोशीका मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतविभाजन सुरु
-
अदालत गए उपेन्द्र यादव
-
दलहरूबिच सहमति भई सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-
जसपाबाट यादव र ठाकुर मन्त्री बन्दै