कप्तान फेरे पनि फेरिएन हैदरावादको किस्मत, राजस्थानसँग पराजित
दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको खराब प्रदर्शनले निरन्तरता पाइरहेको छ । टीमको खराब फर्मकै कारण कप्तान परिवर्तन गरेको हैदरावादले त्यसका बाबजुद आइतबार राजस्थान रोयल्ससँग पराजय झेलेको हो ।
हालसम्म ७ वटा खेल खेलिसकेको हैदरावादले एउटा मात्र जित हासिल गरेको छ । उक्त टीम अंक तालिकाको पुछारमा छ । डेविड वार्नरको कप्तानीमा निराशाजनक प्रदर्शन गरेको हैदरावाद आइतबार केन विलियम्सनको कप्तानीमा मैदानमा उत्रिएको थियो । टस जितेका विलियम्सनले पहिला फिल्डिङ रोजे ।
तर टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२० रनको विशाल योगफल बनायो । हैदरावाद भने ८ विकेट गुमाएर १६५ रनमै सीमित रहँदै ५५ रनले पराजित भयो ।
राजस्थानका लागि जोस बटलरले १२४ रनको शतकीय पारी खेले । यस्तै, कप्तान सन्जु सामसनले ४८ र रियान परागले १५ रन बनाए । २२१ रनको विशाल लक्ष्य पछ्याएको हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ३१ रन बनाए भने जोनी बेरिस्टोले ३०, केन विलियम्सनले २०, केदार जादवले १९, मोहम्मद नावीले १७ रन बनाए । राजस्थानका लागि मुस्तफिजुर रहमान र क्रिस मोरिसले ३÷३ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण