कप्तान फेरे पनि फेरिएन हैदरावादको किस्मत, राजस्थानसँग पराजित
दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको खराब प्रदर्शनले निरन्तरता पाइरहेको छ । टीमको खराब फर्मकै कारण कप्तान परिवर्तन गरेको हैदरावादले त्यसका बाबजुद आइतबार राजस्थान रोयल्ससँग पराजय झेलेको हो ।
हालसम्म ७ वटा खेल खेलिसकेको हैदरावादले एउटा मात्र जित हासिल गरेको छ । उक्त टीम अंक तालिकाको पुछारमा छ । डेविड वार्नरको कप्तानीमा निराशाजनक प्रदर्शन गरेको हैदरावाद आइतबार केन विलियम्सनको कप्तानीमा मैदानमा उत्रिएको थियो । टस जितेका विलियम्सनले पहिला फिल्डिङ रोजे ।
तर टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२० रनको विशाल योगफल बनायो । हैदरावाद भने ८ विकेट गुमाएर १६५ रनमै सीमित रहँदै ५५ रनले पराजित भयो ।
राजस्थानका लागि जोस बटलरले १२४ रनको शतकीय पारी खेले । यस्तै, कप्तान सन्जु सामसनले ४८ र रियान परागले १५ रन बनाए । २२१ रनको विशाल लक्ष्य पछ्याएको हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ३१ रन बनाए भने जोनी बेरिस्टोले ३०, केन विलियम्सनले २०, केदार जादवले १९, मोहम्मद नावीले १७ रन बनाए । राजस्थानका लागि मुस्तफिजुर रहमान र क्रिस मोरिसले ३÷३ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम आयो : स्वर्णिम वाग्ले
-
रोमानिया जाने श्रमिकलाई नेपालबाटै भिसा उपलब्ध गराउन श्रम मन्त्रालयको आग्रह
-
श्रममन्त्री अर्याल र साइप्रसका हाइकमिश्नरबिच शिष्टाचार भेटवार्ता
-
नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जगाउन सक्ने आएको छ : अध्यक्ष ढकाल
-
राष्ट्रपतिको सम्बोधनमा कांग्रेसले किन गरेन अवरोध ?
-
राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्त्याएर निकालिन्थ्यो : माधव नेपाल