बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
सुर्खेत । जिल्लामा बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बालिका बलात्कारको आरोपमा दुल्लु नगरपालिका –९ रोकायाबाँडाका २८ वर्षीय तेजबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो । गत बिहीबार काफल खान गएको मौका छोपी रोकायाले १३ वर्षीय बालिकालाई बलात्कार गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार घरबाट पाँच मिनेटको दुरीमा रहेको जंगलमा काफल खान गएको मौका छोपी ती बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा रोकायालाई पक्राउ गरिएको हो । रोकायाले काफल खान गएको समयमा कोही नभएको मौका छोपी भाग्न नदिई हातले मुख थुनेर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडितको तर्फबाट बालिकाकी आमाले शनिबार जोहरी दिएकी छन् । बलात्कार आरोपमा पक्राउ परेका रोकायालाई दैलेख जिल्ला अदालतबाट पहिलोपटक १० दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण