जबर्जस्ती करणीका फरार १० वर्षपछि पक्राउ
सङ्खुवासभा । सङ्खुवासभामा जबर्जस्ती करणी गरी फरार भएका प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जबर्जस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका चैनपुर नगरपालिका–१० का ४३ वर्षीय गणेशबहादुर भनिने लेकबहादुर अधिकारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।
दश वर्षअघि १३ वर्षीय बालिकालाई जबर्जस्ती करणीको आरोपमा फरार अधिकारीलाई विशेष सुराकीका आधारमा सुनसरीको खनारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए । अधिकारीले २०६८ माघ १२ गते १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका थिए ।
फरार भएका अधिकारीलाई जिल्ला अदालत चैनपुरले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा २०७२ माघ १८ गते १२ वर्ष कैद सजाय तोकेको थियो । प्रतिवादी अधिकारीलाई आइतबार जिल्ला अदालत चैनपुर पेश गरी आइतबार नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय चैनपुरले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई समेत पक्राउ गरेको छ । प्रहरीले चैनपुर–४ का ५३ वर्षीय तिलबहादुर तामाङलाई यही वैशाख ६ गते पक्राउ गरी कारागार चलान गरेको प्रहरी निरीक्षक खतिवडाले बताए । जिल्ला अदालत चैनपुरले २०७६ जेठ १५ गतेको फैसलाले लागुऔषध मुद्दामा चार महिना २४ दिन कैद र रु पाँच हजार जरिवानाको सजाय तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण