आइसीयुबाट सिफ्ट भएपछि रणधीरले भने- ‘छिट्टै घर फर्किनेछु’
मुम्बई । कोरोनाका कारण कोकिलाबेन अस्पतालको आईसीयुमा भर्ना भएका अभिनेता रणधीर कपुरलाई सिफ्ट गरिएको छ । उनको अवस्थामा सुधार आएपनि अस्पतालले उनलाई आइसीयुबाट सिफ्ट गरेको हो । अभिनेता कपुर आफैंले आफ्नो स्वास्थ्यको बिषयमा जानकारी बाहिर ल्याएका हुन् ।
‘मेरो हातले पहिलेभन्दा निकै सुधार भएको छ । आशा छ छिट्टै घर फर्किनेछु’ एक वेबसाइटसँगको कुराकानीमा उनले भनेका छन्, ‘मेरो कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । सास फेर्न पनि गाह्रो छैन ।’
आफुले कोरोना भ्याक्सिन दुबै डोज लिएको बताएका रणधीरले कोरोना टेष्ट समय आफुलाई जाडो भएको बताएका थिए । अहिले उनलाई अक्सिजनको सिलिन्डरको पनि आवश्यक छैन । रणधीर गत २९ अप्रिलमा कोरोना संक्रमित भएका थिए । सो समय उनका ५ स्टाफ मेम्बर्समा पनि कोरोना संक्रमण पाइएको थियो । उनका स्टाफ मेम्बर्सलाई पनि कोकिलाबेन अस्पतालमै भर्ना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण