मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्ने चार दलको निर्णय
बुटवल । लुम्बिनी प्रदेशका चार राजनीतिक दलले मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने कार्यक्रम बहिष्कार गर्न अपिल गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्न अपिल गरेका हुन् । अहिलेको सरकार अवैधानिक भएको भन्दै विपक्षी गठबन्धनले प्रदेशभर मुख्यमन्त्री सहभागी हुने कार्यक्रम बहिष्कार गर्न आम जनसमुदायमा अपिल गरेको हो ।
सोमबार दिउँसो बसेको चार दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्दै सो गठबन्धनले मुख्यमन्त्री अल्पमत परेको दावी समेत गरेको छ । पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुल प्रसाद केसीले एमाले नेता शंकर पोखरेल किर्ते हस्ताक्षर प्रयोग गरि मुख्यमन्त्री बनेको र सरकार धेरै दिन टिक्न नसक्ने दावी गरे । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता वीरेन्द्र कानोडियाले प्रदेश प्रमुखले संविधान विपरित काम गरेकाले तत्काल बर्खास्त गरिनुपर्ने माग दोहोर्याए । अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले अराजनीतिक तरिकाले सपथ लिएर नियम कानुन मिचेको आरोप समेत उनले लगाए ।
पाण्डेलाई राष्ट्रियसभाको निर्वाचनमा उठाउने
चार दलको बैठकले नेकपा एमाले परित्याग गरि सांसद पदबाट राजीनामा दिएका दीर्घनारायण पाण्डेलाई राष्ट्रियसभाको चुनावमा उठाउने निर्णय गरेको छ । हिजो राजीनामा दिएका पाण्डेय आज नेपाली काँग्रेसमा प्रदेश गरेका थिए ।
कपिलवस्तुबाट प्रदेशसभामा निर्वाचित उनलाई अब राष्ट्रियसभामा उठाउने निर्णय भएको काँग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण