नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ
सोमबार, २० वैशाख २०७८, ०९ : ५३
काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।
नेपालको संविधानको धारा १६७ बमोजिम पौडेल र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आइतबार नै राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख सर्मीलाकुमारी पन्तलाई पदमुक्त गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण