इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने, रकम लोड गर्न झनै सहज

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिनेछ ।
अब इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङ मार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्नेछन् । आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले बताए । उनले भने, ‘इसेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नवीनतम सेवा दिनका लागि अग्रसर छ । नयाँ सेवाका साथै प्रयोगकर्तालाई रकम लोड गर्नका लागि अझ सहज होस् भन्ने कुरालाई ध्यानमा राख्दै यो सेवाको सुरूवात गरेका हौँ’ ।
एकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि इसेवा प्रयोगकर्ताको इसेवा एकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ । साथै यो सेवा लिनका लागि इसेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैकिङ्ग लिएको हुनुपर्नेछ भने इसेवामा भएको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर पनि एउटै हुनुपर्नेछ । यदि इसेवामा रहेको नम्बर र बैंकमा रहेको मोबाइल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाइल नम्बरलाई इसेवा एकाउन्टमा सेकेन्डरी आइडीका रुपमा राख्न सकिनेछ ।
बैंक खातामा इसेवा लिंक गर्नका लागि सर्वप्रथम इसेवाको होम पेजमा भएको लोड मनि भन्ने अप्सनमा जानुपर्नेछ । यहाँ लिंक एकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक छानी आफ्नो बैंक खाता नम्बर राख्नुपर्नेछ र प्रोसेसमा क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाइल बैकिङ्ग पोर्टल खुल्नेछ । यहाँ आफ्नो मोबाइल नम्बर र पासवर्ड राखि क्लिक गर्नुपर्नेछ । त्यसपछि मोबाइलमा प्राप्त भएको ओटीपी पासवर्ड राखि पे मा क्लिक गरेमा बैंक खाता इसेवामा लिंक हुनेछ ।
बैंक खाता लिंक गरेपछि इसेवा खातामा रकम लोड गर्नका लागि इसेवा खाता लगइन गरी लोड मनि अप्सनमा गइ आफुले लिंक गरेको बैंक एकाउन्टमा क्लिक गर्नुपर्नेछ । त्यसपछि इसेवामा राख्ने रकम र अन्य विवरण भरी सहजै रकम लोड गर्न सकिनेछ ।
हाल २० वटा बैंक तथा वित्तीय संस्थाका बैंक खातामा इसेवा एकाउन्ट लिंक गर्न सकिनेछ । निकट भविष्यमै अन्य सदस्य बैंकका खातामा समेत लिंक गर्न सकिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले