शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कमल थापाले भने– बरु संघीयता खारेज गर्नु नै बेस

सोमबार, २० वैशाख २०७८, २० : १३
सोमबार, २० वैशाख २०७८

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उद्देश्यले प्रदेश प्रमुखलाई जतिबेला मन लाग्यो हटाउने र राख्ने काम संविधान विपरीत रहेको बताएका छन् ।

सोमबार ट्वीट गर्दै उनले यस्तो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक रहेको उल्लेख गरेका हुन् । उनले यस्तो काम गर्नुभन्दा संघीयता खारेज गर्नु बेस रहेको टिप्पणीसमेत गरेका छन् ।

उल्लेखनीय छ, गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर सोमबार ती प्रदेश प्रमुखमा क्रमशः सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई नियुक्त गरिएको छ ।

नवनियुक्त प्रदेश प्रमुखहरुले सोमबार नै सपथ लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप