कमल थापाले भने– बरु संघीयता खारेज गर्नु नै बेस
सोमबार, २० वैशाख २०७८, २० : १३
काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उद्देश्यले प्रदेश प्रमुखलाई जतिबेला मन लाग्यो हटाउने र राख्ने काम संविधान विपरीत रहेको बताएका छन् ।
सोमबार ट्वीट गर्दै उनले यस्तो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक रहेको उल्लेख गरेका हुन् । उनले यस्तो काम गर्नुभन्दा संघीयता खारेज गर्नु बेस रहेको टिप्पणीसमेत गरेका छन् ।
उल्लेखनीय छ, गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर सोमबार ती प्रदेश प्रमुखमा क्रमशः सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई नियुक्त गरिएको छ ।
नवनियुक्त प्रदेश प्रमुखहरुले सोमबार नै सपथ लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण