सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राहुल गान्धीले भने, ‘सरकारले बुझिरहेको छैन, पूर्ण लकडाउनबाहेक कुनै विकल्प छैन’

मङ्गलबार, २१ वैशाख २०७८, १२ : ५७
मङ्गलबार, २१ वैशाख २०७८

भारतमा गहिरिँदो कोरोना संकट र धरासयी स्वास्थ्य व्यवस्थाबीच कांग्रेस नेता राहुल गान्धीले मोदी सरकारसँग देशभरी पूर्ण लकडाउन लगाउन अपिल गरेका छन् ।

उनले ट्वीटमा लेखे, ‘म यो स्पष्ट पार्न चाहन्छु कि लकडाउनबाहेक कुनै अर्को विकल्प छैन किनभने सरकारसँग रणनीति छैन । उनीहरुले भाइरसलाई यतिसम्म फैलन मद्दत गरिरहेका छन् कि अब यसलाई रोक्नका लागि कुनै तरिका बाँकी छैन । भारतविरुद्ध एक अपराध गरिसकिएको छ । ’

यसको थोरै बेर अघि एक अन्य ट्वीटमा उनले लेखे, ‘भारत सरकारले यो बुझिरहेको छैन । कोरोनालाई रोक्न एकमात्र तरिका सम्पूर्ण लकडाउन हो जसमा गरिब जनतालाई सरकारले मद्दत दिनेछ । भारत सरकारको तर्फबाट कुनै कारवाही नगर्दा थुप्रै अबोधको ज्यान गइरहेको छ ।’

भारतमा मंगलबार ३,५७,२२९ नयाँ संक्रमित भेटिएका छन् र यसका साथै संक्रमणको कूल संख्या भारतमा दुई करोड नाघेको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप