राहुल गान्धीले भने, ‘सरकारले बुझिरहेको छैन, पूर्ण लकडाउनबाहेक कुनै विकल्प छैन’
भारतमा गहिरिँदो कोरोना संकट र धरासयी स्वास्थ्य व्यवस्थाबीच कांग्रेस नेता राहुल गान्धीले मोदी सरकारसँग देशभरी पूर्ण लकडाउन लगाउन अपिल गरेका छन् ।
उनले ट्वीटमा लेखे, ‘म यो स्पष्ट पार्न चाहन्छु कि लकडाउनबाहेक कुनै अर्को विकल्प छैन किनभने सरकारसँग रणनीति छैन । उनीहरुले भाइरसलाई यतिसम्म फैलन मद्दत गरिरहेका छन् कि अब यसलाई रोक्नका लागि कुनै तरिका बाँकी छैन । भारतविरुद्ध एक अपराध गरिसकिएको छ । ’
I just want to make it clear that a lockdown is now the only option because of a complete lack of strategy by GOI.
— Rahul Gandhi (@RahulGandhi) May 4, 2021
They allowed, rather, they actively helped the virus reach this stage where there’s no other way to stop it.
A crime has been committed against India.
यसको थोरै बेर अघि एक अन्य ट्वीटमा उनले लेखे, ‘भारत सरकारले यो बुझिरहेको छैन । कोरोनालाई रोक्न एकमात्र तरिका सम्पूर्ण लकडाउन हो जसमा गरिब जनतालाई सरकारले मद्दत दिनेछ । भारत सरकारको तर्फबाट कुनै कारवाही नगर्दा थुप्रै अबोधको ज्यान गइरहेको छ ।’
भारतमा मंगलबार ३,५७,२२९ नयाँ संक्रमित भेटिएका छन् र यसका साथै संक्रमणको कूल संख्या भारतमा दुई करोड नाघेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण