गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचाररत कास्की, पर्वत र म्याग्दीका एक/एक जनाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका संक्रमित तीनै जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनकाअनुसार मंगलबार पोखरा २९ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा बैशाख १८ गते कोेरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पर्वतको कुश्मा नगरपालिकाका ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनको १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी म्याग्दीका एक पुरुषको उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । म्याग्दीको मंगला गाउँपालिका ६ का ७६ वर्षका पुरुषको संक्रमण देखिएपछि उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनको यही वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण