बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

गायक लकी अलीको निधन ? साथी नफिसा अलीले बताइन् वास्तविकता

बुधबार, २२ वैशाख २०७८, १० : ५०
बुधबार, २२ वैशाख २०७८

कोरोनाभाइरसका कारण थुप्रै मानिसहरुले आफन्त गुमाइरहेका छन् । हालै गायक लकी अलीको निधन सोसल मिडियामा मंगलबार बेलुकी अचानक आउन थाल्यो । प्रशंसकले लगातार लकी अलीका लागि ट्वीट गरिरहका थिए । ती सबैले गायकको कोभिड–१९ का कारण निधन भएको बताइरहेका छन् तर यसमा अलिकति पनि वास्तविकता छैन । लकी अलीको निधनको अफवाह उड्ने बित्तिकै गायककी साथी नफिसा अलीले ट्वीटरमा यसबारे वास्तविकता बताउँदै ट्वीट गरिन् ।

लाइमलाइटबाट टाढा छन् लकी अलीः

स्मरण रहोस्, गायक पछिल्लो केही समयदेखि लाइमलाइटबाट टाढा छन् । लकी अलीको निधनको खबर जब सोसल मिडियामा तीब्र हुन थाल्यो तब नफिसा अलीले ट्वीट गर्दै लेखिन्, ‘लकी पूर्ण रुपमा ठिक छन् र हामीले आजै अपरान्ह कुरा गरेका छौं । उनी आफ्नो फार्ममा छन्, परिवारसँग । कोभिड पनि लागेको छैन, पूर्ण रुपमा स्वस्थ छन् ।’

नफिसा अलीले टाइम्स अफ इन्डियासँगको कुराकानीमा आफूले लकीसँग दिनमा कम्तीमा २–३ पटक कुरा गरेको र उनी पूर्ण रुपमा स्वस्थ भएको बताएकी छिन् । उनले भनिन्, ‘उनलाई कोभिड भएको छैन । उनीसँग एन्टीबडीज छ । उनी आफ्नो सङ्गीत र कन्सर्टको योजनामा व्यस्त छन् । हामी दुईले भर्चुअल कन्सर्टबारे कुरा पनि गरिरहेका थियौं, जुन आजकाल भइरहेका छन् । उनी बेंगलुरुमा आफ्नो फार्ममा छन् र परिवार पनि उनको साथमा छन् । मैले भर्खरै उनीसँग कुरा गरेकी छु र सबैजना स्वस्थ छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप