सुन्धाराको होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
बुधबार, २२ वैशाख २०७८, १५ : ३८
काठमाडौं । काठमाडौंको सुन्धारास्थित ढोरपाटन होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय ती युवक गोरखाका एक स्कुलका शिक्षक भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
सोही स्कुलमा पढ्ने एक किशोरीलाई होटलमा लगेर ललाई फकाई दुई दिनसम्म बलात्कार गरेको पीडितको आरोप छ ।
मंगलबार बिहान पक्राउ परेका ती युवकमाथि बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण