जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ : रामकुमारी झाँक्री
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताउँदै राजनीतिक विषयमा उधारो संझौता पनि हुन नसक्ने उल्लेख गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रमको पूर्वसन्ध्यामा माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन दौडधूप गरिरहेका बेला नेतृ झाँक्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले युद्धमा होमिएका क्रान्तिकारीहरुको निम्ति विजय र मृत्युको बराबर सम्भावना हुने पनि उल्लेख गरेकी छिन् ।
आजै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भइरहेको वार्ता सहमति नजिक नपुगेको उल्लेख गरेका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले ब्यूँताइदिएपछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा पार्टीको केन्द्रीय कमिटि बिस्तार गरेपछि विवाद चर्कंदै गएको थियो भने नेपाल पक्षले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण