केही दिनभित्रै संक्रमितका लागि डोर टु डोर स्वास्थ्य सेवा सुरु हुन्छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनभित्र नै कोभिड संक्रमितका लागि सरकारले डोर टु डोर स्वास्थ्य सेवा सञ्चालन गर्ने बताएका छन् । छैटौं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरि स्वास्थ्य सेवा सञ्चालन गरिने बताएका हुन् । उनले कसैलाई पनि कुनै पनि खाद्य पदार्थको अभाव हुन नदिने गरि स्वास्थ्य जस्तै तरकारी लगायत अत्यावश्यक खाद्यपदार्थको पनि डोर टु डोर सेवा सञ्चालन गरिने आश्वासन दिए ।
उनले भने, “परिवार नै कोभिड संक्रमण देखिएको छ । आफन्त छैनन् सबै आइसोलेसनमा छन् भने हामी डोर टु डोर सेवा दिने मेडिकल टिम सहितको गाडी दौडिने छ । त्यसको नेपाल रेडक्रसले त्यसको संयोजन गर्नेछ ।” उनले महामारीको समयमा सञ्चारगृहहरुलाई भय र त्रास फैलाउने काम नगर्न सुझाव समेत दिए । मान्छेहरूलाई त्रसित र निराश बनाउने किसिमका समाचार सम्प्रेषण हुने गरेको भन्दै उनले छिटै नै मन्त्रालयले सञ्चारगृहहरुलाई गाइडलाइन्स बनाएर परिपत्र गर्ने तयारी गरिरहेको बताए । त्यसका लागि सबै सञ्चारगृहलाई समावेश गरि मन्त्रालयभित्रै समाचार उत्पादन गर्न एउटा छुट्टै टिम बनाउन लागेको पनि उनले जानकारी दिए ।
उनले भने, “कोभिडबाट सकियो अब केही छैन । । अक्सिजन छैन । बेड छैन । सिलिन्डर छैन । आइसियु छैन । बेडको बारेमा अब तपाईहरुले चिन्ता नगर्नुहोस् । स्वास्थ्य मन्त्रालयले पनि तुरुन्तै अभाव के रह्यो भनेर टेलिफोनहरूको व्यवस्थापन गरेको छ । त्यसमा सम्पर्क गर्ने ।” उनले मन्त्रालयले घोषणा गरेको सम्मान तथा पुरस्कारमा सन्तुलन र समावेशी नहुन पनि सक्ने उल्लेख गर्दै कुनै पनि विषय विवादरहित हुन नसक्ने बताए ।
उनले भने, “सबैमा सन्तुलन नहुन सक्छ । सबै हामीले सोचे जस्तो समावेशी नहुन सक्ला तैपनि हामीले सबैको भावनालाई प्रतिनिधित्व हुनेगरी गरेका छौ । हामी विवाद रहित त कहिलेकाही पनि हुन सक्तैनौँ ।” जुनसुकै कुराको पनि विरोध गर्ने र आलोचना गर्ने संस्कार रहेको भन्दै समाचार बिक्री गर्ने सोचमा नभई समाजलाई सकारात्मक परिर्वतन गर्नुको साथै वर्तमान अवस्थामा कोभिड मुक्त बनाउने सोचमा अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले कोभिड रोकथाम तथा नियन्त्रणका कार्यहरुमा सरकारले सबैसँग समन्वय गरेर जानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण