अक्सिजनका सिलिन्डर स्टक नराख्न गृह मन्त्रालयको अपिल
काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको संक्रमणका कारण देशभर अक्सिजनको अभाव भएको छ । अभाव टार्न प्रहरी परिचालन गरेरै गृह मन्त्रालयले देशभरबाट १ हजार ८ सय १६ थान सिलिन्डर जफत गरेको छ ।
कोभिड–१९ को उपचारका लागी आवश्यक अक्सिजन विभिन्न आयोजना, उद्योग र घरमा स्टक नराख्न गृह मन्त्रालयले आग्रह गरेको छ । शुक्रवार साँझ गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर अक्सिजन सिलिन्डर नजिकको अस्पताल र सुरक्षा निकायमा बुझाउन अपिल गरेको छ ।
‘उद्योग, व्यवसाय, आयोजना तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिन्डर नजिकको अस्पताल वा सुरक्षा निकायमा उपलब्ध गराएर कोभिड उपचारमा योगदान मन्त्रालय अपिल गर्दछ’ गृहको विज्ञप्तिमा भनिएको छ– ‘कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्धतिलाई प्रभावकारी तुल्याउने सरकारी अभियानमा सहभागिताका लागि आग्रह गर्दछ ।’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिन्डर जम्मा गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण