घरको छतबाट खसेर बाग्लुङमा १ जनाको मृत्यु
आइतबार, २६ वैशाख २०७८, १२ : १६
गुल्मी । बागलुङमा घरको छतबाट खसेर १ जनाको मृत्यु भएको छ । जिल्लाको खर्बाङमा घरको छतबाट खस्दा आइतबार एक जनाको ज्यान गएको हो । छतबाट खसेर बडिगाड गाउँपालिका २, दनिया निवासी ३९ वर्षीय रन बहादुर रानाको मृत्यु भएको हो ।
छिमेकी दीपु केसीको घरमा वायरिङ गर्ने क्रममा खस्दा गम्भिर घाइते भएका रानाको उपचारको लागि हेलिकप्टरमार्फत पोखरा पठाउने तयारी भैरहेका बेला ज्यान गएको हो । गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमतीसहित २ छोरा र १ छोरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण