काभ्रेमा प्रहरीले संकलन गर्यो ७० वटा अक्सिजन सिलिन्डर
आइतबार, २६ वैशाख २०७८, १६ : १६
काठमाडौं । प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपाबाट ७० वटा अक्सिजनका सिलिन्डर संकलन गरेको छ । आइतबार बनेपा र धुलिखेलमा रहेका उद्योग, वर्कशप र वेल्डिङ पसलबाट सिलिन्डर संकलन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले रातोपाटीलाई बताए ।
संकलित खाली सिलिन्डर बनेपामा रहेको अक्सिजन प्लान्टमा रिफिल गरेर प्रहरीले आफ्नै सुरक्षामा राख्ने भएको छ । संक्रमितको उपचारका लागि आवश्यक अस्पतालको माग अनुसार प्रहरीले अक्सिजन उपलब्ध गराउने डिएसपी खतिवडाले बताए ।
बनेपामा रहेको अक्सिजन प्लान्टमा पनि प्रहरीले २४ सै घण्टा सुरक्षा दिइरहेको छ । उद्योग, वर्कशप र वेल्डिङ पसलबाट देशभर प्रहरीले शोधभर्ना दिने शर्तमा अक्सिजन सिलिन्डर संकलन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण