शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा प्रहरीले संकलन गर्‍यो ७० वटा अक्सिजन सिलिन्डर

आइतबार, २६ वैशाख २०७८, १६ : १६
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपाबाट ७० वटा अक्सिजनका  सिलिन्डर संकलन गरेको छ । आइतबार बनेपा र धुलिखेलमा रहेका उद्योग, वर्कशप र वेल्डिङ पसलबाट सिलिन्डर संकलन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले रातोपाटीलाई बताए ।

संकलित खाली सिलिन्डर बनेपामा रहेको अक्सिजन प्लान्टमा रिफिल गरेर प्रहरीले आफ्नै सुरक्षामा राख्ने भएको छ । संक्रमितको उपचारका लागि आवश्यक अस्पतालको माग अनुसार प्रहरीले अक्सिजन उपलब्ध गराउने डिएसपी खतिवडाले बताए ।

बनेपामा रहेको अक्सिजन प्लान्टमा पनि प्रहरीले २४ सै घण्टा सुरक्षा दिइरहेको छ । उद्योग, वर्कशप र वेल्डिङ पसलबाट देशभर प्रहरीले शोधभर्ना दिने शर्तमा अक्सिजन सिलिन्डर संकलन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप