सुदूरपश्चिम प्रदेशमा थप ३२८ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको परीक्षणमा ३२८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा ६२३ नमुनाको परीक्षण गर्दा ३२८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
पुष्टी हुनेमा धनगढीका मात्र १६० पुरुष, ८० महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । अन्य जिल्लाका ५० पुरुष ४५ महिलामा कोरोना पुष्टी भएको उनले बताए । उनका अनुसार २९५ जना भने नेगेटिभ छन् । त्यस्तै अस्पतालमा उपचार गराइरहेका थप ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लम्की ९ कैलालीका ४२ वर्षका पुरुष, भिमदत्त १८ कञ्चनपुरका ६० वर्षकी महिला, धनगढी ४ कैलालीका ३५ वर्षकी महिला, धनगढी १८ का ५० वर्षका पुरुष, गोदावरी २ कैलालीका ५८ वर्षका पुरुष, पुर्नवास ११ कञ्चनपुरका ७४ वर्षका पुरुष र पुर्नवास ६ कञ्चनपुरका ४२ वर्षका पुरुष रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण