बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा थप ३२८ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

आइतबार, २६ वैशाख २०७८, १९ : ०३
आइतबार, २६ वैशाख २०७८

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको परीक्षणमा ३२८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा ६२३ नमुनाको परीक्षण गर्दा  ३२८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

पुष्टी हुनेमा धनगढीका मात्र १६० पुरुष, ८० महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । अन्य जिल्लाका ५० पुरुष ४५ महिलामा कोरोना पुष्टी भएको उनले बताए । उनका अनुसार २९५ जना भने नेगेटिभ छन् । त्यस्तै अस्पतालमा उपचार गराइरहेका थप ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लम्की ९ कैलालीका ४२ वर्षका पुरुष, भिमदत्त १८ कञ्चनपुरका ६० वर्षकी महिला, धनगढी ४ कैलालीका ३५ वर्षकी महिला, धनगढी १८ का ५० वर्षका पुरुष, गोदावरी २ कैलालीका ५८ वर्षका पुरुष, पुर्नवास ११ कञ्चनपुरका ७४ वर्षका पुरुष र पुर्नवास ६ कञ्चनपुरका ४२ वर्षका पुरुष रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप