माधव समूहले दियो ओलीलाई सोमबार नौ बजेसम्मको अल्टिमेटम
काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अन्तिम मौका दिएको छ । आइतबार सिंहदरबारमा बसेको सो समूहको बैठकले यस्तो निर्णय गरेको हो ।
‘फागुन २३ को फैसलाअनुसार एमाले स्वतः २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत् अवस्थामा फर्कनुपर्छ भन्ने हो । हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौ र सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिबद्धता खोजेका छौं, त्यसका लागि भोलि बिहान नौ बजेसम्मको समय दिएका छौ’, बैठकपछि नेता योगेश भट्टराइले जानकारी दिए ।
उनले ओलीले भोली बिहान नौ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे भोलि नै बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने बताए । उनले ओलीले जेठ २ मा फर्कने प्रतिवद्धता जनाए आफुहरु बैशाख २७ मा बस्ने संसद बैठकमा सहभागी बनेर विश्वासको मतको पक्षमा मतदान गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंकेश्वरी मन्दिर क्षेत्रको सडकमा पानी जमेपछि...
-
स्थानीयको गुनासोपछि मन्त्रालय तानिए महोत्तरीका प्रजिअ कवारी
-
बैतडीको पाटनबाट दोस्रो चरणको जागरण अभियान सुरु गर्ने माओवादीको तयारी
-
निःशुल्क घोषणा गरिएको हेमोफिलियाको औषधि नेपाल आइपुग्यो
-
प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२ आयोजना हुँदै
-
मण्डला थिएटरमा ‘कथा-एक’ नाटक मञ्चन, तस्बिरहरू