शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको मेरिल्याण्डमा गोली चल्यो, एक नेपालीसहित ४ जनाको मृत्यु

आइतबार, २६ वैशाख २०७८, २२ : ४५
आइतबार, २६ वैशाख २०७८

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्याटिन अमेरिकी रहेका पनि बुझिएको छ ।

नेपाली समुदायका अनुसार अन्दाजी २६ वर्षका सागर घिमिरेको मृत्यु भएको हो। घिमिरे छात्रवृतिमा अध्ययन गर्न अमेरिका आएका थिए ।

बन्दुकधारीले अर्का नेपाली श्याम अधिकारीलाई पनि गोली हानेका थिए । संयोगवस  अधिकारी बाँचेका थिए भने उनको अस्पतालमा उपचार भै रहेको छ । 

बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ ।

मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमा समेत आगो लगाएपछि अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ ।  आगलागीका कारण छिमेकमा रहेका अन्य दुई घरमा पनि सामान्य क्षति भएको छ । -एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप