अक्सिजन सिलिन्डर लिन सीडीओको सिफारिस अनिवार्य
सोमबार, २७ वैशाख २०७८, १८ : ४३
काठमाडौं । अस्पताल बाहेक व्यक्ति र संस्थाका लागी अत्यावश्यक अक्सिजन प्रमुख जिल्ला अधिकारीको सिफारिस बिना नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले वैशाख २५ मा गरेको निर्णय भन्दै आफूखुसी प्लान्टबाट अक्सिजन नभर्न निर्देशनात्मक सुचना जारी गरेको छ ।
नयाँ भेरियन्टको कोभिड–१९ महामारीको रोकथामका लागी अस्पतालका लागि आवश्यक अक्सिजन उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले समन्वय गरिरहेको छ । ‘व्यक्ति र संस्थालाई अति आवश्यक परेको खण्डमा प्रजिअको सिफारिसमा मात्र अक्सिजन उद्योगबाट दिने निर्णय भएको छ’ ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘उद्योगलाई अनावश्यक दबाव दिएर जबर्जस्ती अक्सिजन सिलिन्डर नभर्न अनुरोध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण