काठमाडौँको निषेधाज्ञामा थप कडाइ : के–के गर्न पाइन्छ, के पाइँदैन ?
काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञाको समय थपेसँगै केही नयाँ निर्णय गरिएको छ । यसअघि १५ जनासम्म भेला भएर ब्याङ्क्वेट र होटलमा विवाह गर्न पाउने नियम परिवर्तन गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा सहभागी भएका ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार बैङ्क्वेट र होटलमा हुने विवाहमा पूर्ण प्रतिबन्ध लगाइएको हो । घरमा आयोजन गरिने वैवाहिक कार्यक्रममा चाहिँ १० जनाभन्दा कम मानिस मात्रै उपस्थित भएर विवाह गर्न पाउँछन् ।
राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेक अन्य विकास, निर्माणका काममा रोक लगाउने निर्णय गरिएको छ । सहायक प्रजिअ बस्नेतले भने–‘निजी निर्माण कार्यमा पनि रोक लगाउने निर्णय गरिएको छ ।
कालिमाटी र बल्खुको तरकारी बजारबाट खुद्रा तरकारी किनबेचमा रोक लगाइएको छ । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले तरकारी बजार पनि संक्रमणको स्रोत भएको निष्कर्ष निकालेका छन् ।
किराना पसल र डिपार्टमेन्ट स्टोर विहान १० बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । यसअघि ९ बजेसम्म मात्रै खोल्न दिइएको थियो । बैंक तथा वित्तिय संस्थाका कार्यालय २५ प्रतिशत मात्र खोल्न निर्देशन दिएपनि त्यसभन्दा बढी खुलेको निष्कर्ष निकाल्दै प्रशासनले अनुगमन गर्ने निर्णय गरेको छ ।
उपत्यकाका सरकारी कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गरिएको छ । सरकारी कार्यालयमा आन्तरिक कामका लागी थोरै कर्मचारी कार्यालय जाने र कर्मचारीलाई पनि अनावश्यक हिँडडुलमा रोक लगाउने निर्णय गरिएको सहायक प्रजिअ बस्नेतले बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण