सलमानले भने– ‘राधे’ दर्शकले रुचाए सिक्वेल पनि बनाउँछु’
मुम्बई । बलिउड सुपरस्टार सलमान खान अभिनित प्रतीक्षित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ बिहिबार अर्थात १३ मेमा थियटर्स र ओटीटीमा एकसाथ रिलिज हुँदैछ । फिल्म रिलिज अगाडि सलमानले फिल्म दर्शकले रुचाए भने सिक्वेल पनि बनाउन सक्ने बताएका छन् ।
सलमान पछिल्लो समय फिल्मको प्रचारमा व्यस्त छन् । सोही क्रममा उनले फिल्म ‘राधे’ वान्टेडको सिक्वेल नभएको स्पष्ट पारे । ‘फिल्मको एक पात्रको नाम ‘राधे’ हो । उ केरलाको हो र पुलिसवाला हुन्’ सलमानले भने, ‘फिल्ममा कमिटमेन्ट प्रकारको डाइल पनि रहेको छ । त्यो पनि फरक शैलीमा छ ।’
फिल्म ‘वान्टेड’ मा आफु पुलिस भएको र विनोद खन्ना आफ्नो पिता भएको सस्पेन्स रहेको बताएका सलमानले राधेमा केही सस्पेन्स नभएको बताए । ‘फिल्म मनोरञ्जन, राम्रो म्युजिक, शानदार एक्सन र निकै राम्रो प्लटका साथ निर्माण भएको छ’ सलमानले थपे ।
‘राधे : योर मोस्ट वान्टेड भाई’ फिल्ममा सलमान खान, दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्रापको मुख्य भुमिका रहेको छ । फिल्म सलमान खान फिल्मस् र जी स्टुडियोले मिलेर निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण